काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ । यस सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको अस्पतालले जनाएको छ ।
गेटा आँखा अस्पताल सुदुरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो, यसको प्रधान कार्यालय कैलाली जिल्लामा रहेको छ भने सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका शाखा कार्यालयबाट वार्षिक हजारौं बिरामीहरूलाई आवश्यक आँखा उपचार सेवाहरू प्रदान गर्दै आईरहेको छ । राम्रो पूर्वाधारको आवश्यकता महसुस गरेर, बैंकले सामुदायको हितको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्न अस्पताललाई सहयोग बैङ्कले उल्लेख गरेको छ ।
कुर्सी हस्तान्तरण कार्यक्रममा बैङ्को प्रतिनिधिले संबोधन गर्दै , “गेटा आँखा अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयासमा सहयोग गर्न पाउँदा हामी भएको छौँ । यो पहल सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा हाम्रो प्रतिबद्धता संग पङ्क्तिबद्ध छ ।”
अस्पताल व्यवस्थापनले बैङकलाइ यो खालको सहयोगको उच्च प्रशंसा गर्दै उदार सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।