डेनमार्कका केही नोट जेठ १८ पश्चात नचल्ने, कोहीसँग भए साट्न नेपाल राष्ट्र बैङ्कको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ (२०८२ जेठ १८) पश्चात् विभिन्न बैंक नोटहरुको कानूनी ग्राह्यता खारेज गरेकाले नेपालमा कोही सँग त्यस्ता नोट भए २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र सटही गर्न आग्रह गरेको छ ।

डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात् कानूनी ग्राह्यता खारेज गरेका Danish Kroner (DKK) बैंकनोटहरू २०८१ फागुन मसान्त (सन् २०२५ मार्च १३) भित्र सटही गरी राष्ट्र बैंकको बैंकिङ विभाग वा बैंकिङ करोबार गर्ने प्रदेशस्थित कार्यालयहरुमा २०८१ चैत ७ (सन् २०२५ मार्च २०) गतेभित्र दाखिला गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो ।

उक्त मिति पश्चात् त्यस्ता बैंकनोटहरु स्वीकार गर्न राष्ट्र बैंक बाध्य हुने छैन नेपाल राष्ट्र बैङ्कले जारी गरेको दुचनामा उल्लेख छ। नेपाल राष्ट्र बैङ्कले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना आफ्नो वेवसाइटमा समेत प्रकाशन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकका अनुसार कानूनी ग्राह्यता खारेज गरिएका बैंकनोटहरू सम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध रहेको छ । जस अनुसार सन् १९९४ , १९५२, १९७२, र १९९७ मा जारी भएका नोटहरु खारेज हुँदै छन् । त्यस्तै सन् २००९ को एक हजारको Danish Kroner पनि खारेज हुने छन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार