काठमाडौं । आज सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रति तोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ६८ हजार ७०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आज पनि चाँदीमा सोही मूल्यमा कारोबार भइरहेको छ ।