सानिमा बैंकले ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीसँग ऋण लिई उर्जा क्षेत्रमा लगानी गर्ने

काठमाडौं । सानिमा बैंकले र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट पिएलसीबाट १५० करोड अमेरिकी डलरको ऋण लिने भएको छ । सो सम्वन्धमा सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीका बीचमा  व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार प्राप्त ऋण  सानिमा बैङ्कले विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गर्ने जनाएको छ  । यो  साझेदारीले सानिमा बैंकको Trade Finance Service लाई महत्वपूर्ण योगदान पुग्ने बैङ्कले जनाएको छ  ।

सम्झौतामा सानिमा बैंकको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरेका छन् ।

साझेदारीले नेपालको उर्जा आवश्यकतालाई सम्बोधन गर्दै दिगो उर्जा स्रोतहरू परिचालन गर्न महत्वपूर्ण योगदान पु¥याउने बैङ्कले बताएको छ  ।

यस प्रकारको कार्यले Fossil Fuel निर्भरता कम गर्न र जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी प्रयासमा सहयोग पुन्नेछ । सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्धन गरी स्थानीय समुदायहरूका लागि दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने दृष्टिकोण राखेको बताएको छ  ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा ए.टि.एमहरु मार्फत बैङ्किङ कारोबार गर्दै आएको छ  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार