रोकियो एमसीसीको बजेट

काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC) अन्तर्गत सञ्चालित परियोजनको भबिश्य अन्योलमा परेको छ ।    २०८१ फागुन २ मा सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC) ले  इ-मेल पत्रमार्फत् नेपाल सरकारलाई  अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार बजेट रोकिएको  जानकारी दिए सँगै  यी परियोजना संकटमा परेका हुन्   ।

उक्त परियोजना सम्बन्धित कार्यक्रम  र उक्त निकायबीच२०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाको  सम्बन्धित MCC Fund बाट भुक्तानी हुने   कार्यक्रमहरु सबै स्थकित भएको नेपाल सरकार अर्थमन्त्रालयले जनाएको छ ।

नेपालमा निक्कै ठुलो बिबाद र रस्साकस्सी पश्चात अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC) लाइ स्वीकार गर्ने प्रस्ताव संसदबाट पारित भएको छ । यो सँगै नेपालको बिधुत निर्यातको लागि ट्रान्समिसन लाईन निर्माण प्रक्रिया अबरुद्द हुनेछ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार