अमेरिकी डलरसहित अधिकांश मुद्राको मूल्य बढ्दा युरोको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलर, अस्ट्रेलियन डलर, बेलायती पाउन्ड स्टर्लिङ, बहराइन र कुवेती दिनारलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ३१ पैसा रहेको थियो ।

बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१, अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा छ, कुवेती दिनार एकको खरिददर चार सय ४९ रुपैयाँ ८७ पैसा र बिक्रीदर चार सय ५१ रुपैयाँ ८१ पैसा छ र बहराइन दिनार एकको खरिददर तीन सय ६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर तीन सय ६९ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी आज युरोपियन युरोको भाउ भने घटेको छ । मंगलबार प्रति युरो एक सय ४५ रुपैयाँ ४० पैसामा खरिद र एक सय ४६ रुपैयाँ ३ पैसामा बिक्री भएको युरो एकको मूल्य आज खरिददर एक सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार