काठमाडौं । ब्रोकरको पुँजी वृद्धि गर्ने निर्णय गरेको दुई वर्षपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्जर तथा प्राप्ति निर्देशिका तयार गरेको छ । सेबोनले २०७८ भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधन गरेर ब्रोकरको पुँजी र संख्या वृद्धि गरिएको थियो ।
नियमावलीले ब्रोकरलाई पुँजी वृद्धिका लागि २०८२ असारसम्मको समय दिएको थियो । मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका तयार भएर जारी नहुँदा ब्रोकरहरु मर्जरमा जान सकेका छैनन् ।
‘सरोकारवालाहरुसँगको सुझाव दिएर निर्देशिका तयार पारिसकिएको छ । अब जारी गर्न मात्र बाँकी छ ।’ सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले भने ।
नियमावलीमा पुँजी कायम गर्न नसक्ने ब्रोकरले तोकिएको समय सकिनु ६ महिना अघि नै मर्जर था प्राप्तिका लागि सेबोनमा आवेदन दिर्नुपर्ने व्यवस्था छ ।
सेबोनले चुक्ता पुँजी नपुगेका ३८ वटा ब्रोकरलाई पुँजी पुर्याउने योजना यथाशीर्घ पेस गर्न गत पुस ८ गते पत्राचार गरेको छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको छ । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
२० करोड पुँजी पुर्याउन नसक्ने ब्रोकरले मर्जर तथा प्राप्तिमा जानुपर्ने व्यवस्था धितोपत्र व्यवसायी नियमावलीमा छ।
ब्रोकरलाई पुँजीका आधारमा तीन समूहमा विभाजन गरिएको छ। न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकिएको छ। यस्ता ब्रोकरले सीमित कार्य मात्र गर्न पाउँछन्।
६० करोड पुँजी भएका ब्रोकरले मार्जिन ल्याण्डिङको कारोबार समेत गर्न पाउँछन्। त्यसबाहेक १ अर्ब ५० करोड रुपैयाँ पुँजी भएका ब्रोकरले स्टक डिलरको काम गर्न सक्ने व्यवस्था छ।
नियमावली संशोधन अघि ब्रोकरको पुँजी २ करोड र मार्जिन ल्याण्डिङका लागि ५ करोड रुपैयाँ तोकिएको थियो।
नयाँ लाइसेन्स लिएका ४२ वटा ब्रोकर कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ भने पुराना ५० वटामध्ये १२ वटाको मात्रै पुँजी पुगेको छ । बाँकी ३८ वटा ब्रोकरको पुँजी पुगेको छैन ।
पुँजी नपुगेका ३८ वटा ब्रोकरलाई उक्त नियमावलीको नियम १० को (१क) मा भएको व्यवस्था अनुसार पुँजी पु¥याउने योजना मागेको बोर्डले जनाएको छ ।
नियम १० को (१क)मा ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम न्यूनतम पुँजी पु¥याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा छ महिना अगावै नियम ७ क बमोजिम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । ७ क मा ‘धितोपत्र दलाल वा व्यापारीले बोर्डको स्वीकृति लिई अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्नरगाभिन सक्नेछ’ भन्ने व्यवस्था छ ।
नियम १० को (१क)मा भएको व्यवस्था अनुसार नै पुँजी पु¥याउनु ६ महिना अघि पुँजी पुर्याउने योजना माग गरेको थियो ।
नियमावलीको नियम १० को १ मा ‘नियम प्रारम्भ हुँदाका वखत संचालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले सम्वत् २०८२ साल असार मसान्तभित्र अनुसूचि–९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरेको छ ।
Name of The Broker | Plan | Paid-Up Capital in Crores |
Kumari Securities Service Pvt. Ltd. | merger,bonus,right | 5 |
Arun.Securities Pvt Ltd | merger,bonus,right | 5 |
Opal Securities Investment Pvt. Ltd. | Target f.y | 5 |
Market Securities Exchange Co. Pvt. Ltd. | merger,bonus,right | 5 |
Agrawal Securities Pvt. Ltd. | Paid up Capital met | 17.5 |
JF Securities Co. Pvt. Ltd. | merger,bonus,right | 7.63 |
Aasutosh Brokerage & Securities Pvt. Ltd. | merger,bonus,right | 8 |
Pragyan Securities Pvt. Ltd. | Target f.y | 14.5 |
Malla & Malla Stock Broking Co. Pvt. Ltd. | merger,bonus,right | 5 |
Thrive Brokerage House Pvt. Ltd. | merger,bonus,right | 8 |
Nepal Stock House Pvt. Ltd. | Target f.y | 13.09 |
Primo Securities Pvt. Ltd. | Target f.y | 10 |
Abc Securities Pvt. Ltd. | merger,bonus,right | 10 |
Sagarmatha Securities Pvt. Ltd. | merger,bonus,right | 2 |
Nepal Investment & Securities Trading Pvt. Ltd. | Target f.y | 10 |
Sipla Securities Pvt. Ltd. | merger,bonus,right | 2 |
Midas Stock Broking Co. Pvt. Ltd. | merger,bonus,right | 12 |
Siprabi Securities Pvt. Ltd. | merger,bonus,right | 5 |
Sweta Securities Pvt. Ltd. | merger,bonus,right | 5 |
Asian Securities Pvt. Ltd. | merger,bonus,right | 6 |
Shree Krishna Securities Ltd. | merger,bonus,right | 18 |
Trishul Securities & Investment Ltd. | Target f.y | 3 |
Kohinoor Investment & Securities Pvt.Ltd. | merger,bonus,right | 2.5 |
Secured Securities Ltd. | merger,bonus,right | 10 |
Sumeru Securities Pvt.Ltd. | merger,bonus,right | 5 |
Creative Securities Pvt.Ltd. | merger,bonus,right | 5.5 |
Linch Stock Market Ltd. | Target f.y | 15.06 |
South Asian Bulls Pvt.Ltd. | Target f.y | 13 |
Neev Securities Pvt.Ltd. | Target f.y | 5 |
Crystal Kanchanjangha Securities Pvt.Ltd. | Target f.y | 8.47 |
Sundhara Securities Ltd. | Target f.y | 12.75 |
Investment Management Nepal Pvt. Ltd. | merger,bonus,right | 2.3 |
Sewa Securities Pvt.Ltd. | merger,bonus,right | 2.6 |
Bhrikuti Stock Broking Co. Pvt. Ltd. | Target f.y | 10 |
Sri Hari Securities Pvt.Ltd. | merger,bonus,right | 3.06 |
Aryatara Investment & Securities Pvt. Ltd. | merger,bonus,right | 15.52 |
Deevya Securities & Stock House Pvt. Ltd. | merger,bonus,right | 10 |