प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि इच्छा राखी निवेदन पेस गरेअनुसार कम्पनीले शेयर बिक्रीमा राखेको हो । सो शेयर विद्यामान संस्थापक शेयरधनीलाई प्राथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले तोकेको सो मितिभित्र पनि आवेदन नपरेमा कम्पनीले सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार