फागुन २५ गतेबाट राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २५ गतेबाट फागुन २७ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने भएको हो । उक्त तालिम उडल्यान्ड होटल दरबारमार्ग काठमाडौंमा सञ्चालन हुनेछ ।

उक्त तालिममा सहभागि हुनका लागि ५ सय रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागि हुनका लागि नेपाल नागरिकताको प्रमाणपत्र, प्लसटु वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो र प्यान नम्बर चाहिने कम्पनीले जनाएको छ । ईच्छुकले कम्पनीको प्रधान कार्यालयको साथै विभिन्न शाखा कार्यालयमा फोन गरेर बुझन सकिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार