काठमाडौं । निर्माण सामाग्रीको एकीकृत सेवा प्रदान गर्ने उद्देश्यसहित मनकामना हार्डवयर एण्ड सप्लायर्स प्रालि चन्द्रागिरी नगरपालिका वडा नम्बर ११, सतुङगलमा सञ्चालनमा आएको छ । आज आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले हार्डवयरको औपचारिक उद्घाटन गरेका हुन्।
नेपालकै सबैभन्दा ठूलो हार्डवयरमध्ये एक मानिने यस कम्पनीले सम्पूर्ण निर्माण सामाग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्य राखेको छ। यस हार्डवयरमार्फत काठमाडौं उपत्यकाका डिलर तथा उपभोक्तालाई आवश्यक सामग्री सहज रूपमा वितरण गरिनेछ।
निर्माण व्यवसायीका लागि सुविस्ता
मनकामना हार्डवयर एण्ड सप्लायर्सले घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री जस्तै जस्ता, डण्डी, एंगल, बिम, सिमेन्ट लगायतका सामान उपलब्ध गराउनेछ। सहसंचालक रोशन पाठकका अनुसार हार्डवयर व्यवसायीहरूले कम्पनीकै मूल्यमा सामग्री खरिद गरी उपभोक्तालाई सहज रूपमा वितरण गर्न सक्नेछन्।
विशेषगरी, निर्माण सामग्री खरिद गर्दा ठूलो लगानी आवश्यक पर्ने व्यवसायीहरूका लागि मनकामना हार्डवयरले सहज व्यवस्था गर्ने बताइएको छ। उदाहरणका लागि, फलामजन्य सामग्री खरिद गर्दा मात्र व्यवसायीले प्रति ट्रक २० देखि ४० लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ। तर, मनकामना हार्डवयरले निर्माण व्यवसायीलाई आवश्यक लगानी व्यवस्थापनमा समेत सहयोग गर्नेछ।
ठूलो लगानी, फराकिलो सेवा
सात रोपनी क्षेत्रफलमा फैलिएको यो हार्डवयर कम्पनी पाँच जना साझेदारहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको हो। सम्पूर्ण निर्माण समाग्री व्यवसायीले कम्पनीबाटै सिधै सामग्री खरिद गर्दा २ देखि ३ करोड रुपैयाँसम्मको लगानी गरेर भण्डारण गर्नुपर्ने हुन्छ । व्यवसायीको उक्त लगानी मनकामना हार्डवयरले नै गरिदिने सहसंचालक पाठकको दाबी छ । उपभोक्ताले आवश्यक पर्ने सामग्री बिक्रेताले मनकामना हार्डवयरमार्फत सिधै डेलिभरी गर्न सक्नेछन्।
यस हार्डवयरले निर्माण व्यवसायलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। व्यवसायी तथा उपभोक्ताहरूलाई गुणस्तरीय निर्माण सामग्री सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित कम्पनी अगाडि बढेको छ।