काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अमेरिकी डलरको विनिमयदर स्थिर रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
यस्तै आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ ।
बिहीबार युरोको एकको खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ । बुधबार युरो एकको खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९० पैसा रहेको थियो ।
यस्तै हिजो बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा रहेकोमा आज क्रमशः एक पाउन्डको खरिददर १७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४९ पैसामा झरेको छ ।
यस्तो छ अन्य मुद्राको विनिमयदर