आजको मौसम : तराईका थोरै ठाउँमा हुस्सु, केही पहाडी र हिमाली भेगमा हिमपातको सम्भापना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा केही स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली हुनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागमा  एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेश पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा केही स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार