काठमाडौं । नेको इन्स्योरेन्सले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।
नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएपछि कम्पनीले १०० अंकित दरका २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड १ लाख २३ हजार ६ सय कित्ता साधारण शेयरको २५ प्रतिशतले हुन आउने ५० लाख ३० हजार ९ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशनका लागि संस्थाले गत माघ १८ गते बुकक्लोज गरेको थियो । हकप्रदमा माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख र सञ्चित नाफा भने ५६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।