बैंकिङ कसुरका ६ हजार ५२९ मुद्दा दर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा मात्रै ६ हजार ५२९ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार गत पुस मसान्तसम्म दर्ता भएका यी मुद्दाहरू आर्थिक गतिविधिमा आएको सुस्ततासँगै बैंकिङ प्रणालीमा देखिएको चुनौतीको संकेत हुन्।

बैंकर्सका अनुसार आर्थिक चक्र सुस्त हुँदा चेक बाउन्स तथा अन्य बैंकिङ अनियमितताका घटनाहरू बढेका छन्। देशभरका विभिन्न क्षेत्रमा बैंकिङ कसुरका मुद्दा दर्ता भए पनि काठमाडौं उपत्यका सबैभन्दा प्रभावित देखिएको छ।
प्रहरीका अनुसार पुस मसान्तसम्म उपत्यकामा ३ हजार ८८० बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । अन्य क्षेत्र भन्दा उपत्यकामा धेरै करोबार हुने भएकाले यहाँ बैंकिङ कसुरको मुद्दा धेरै परेको देखिन्छ ।

बैंकिङ कसुरका सबैभन्दा कम मुद्दा कर्णाली प्रदेशमा भएको छ । साउन देखि पुससम्म कर्णाली प्रदेशमा १५८ बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् ।

यस्तै कोशी प्रदेशमा ६३४, मधेश प्रदेशमा ४०६, बागमती प्रदेशमा ३७४, गण्डकी प्रदेशमा ४२९, लुम्बिनी प्रदेशमा ४३९ र सुदुरपश्चिम प्रदेशमा २०६ वटा बैंकिङ कसुरका मुद्दा चालु आवको ६ महिना भित्र दर्ता भएका छन् ।

प्रहरी प्रधानकार्यालयका अनुसार आव २०८०/८१ मा उपत्यकाबाट ७ हजार ६५६, कोशी १ हजार ४, मधेशमा १ हजार १६, बागमतीमा ७३८, गण्डकीमा १ हजार ८२, लुम्बिनीमा १ हजार १७८, कर्णाली २८६, सुदूरपश्चिम २९७ वटा मुद्दा दायर भएका छन् ।

प्रहरीकाअनुसार आव २०७९/८० मा उपत्यका ८ हजार २७५, कोशी ८१५, मधेश ९४७, बागमती ३९०, गण्डकी ५८६, लुम्बिनी ८०४, कर्णाली १३५, सुदुरपश्चिम प्रदेशमा १७६ वटा मुद्दा दायर भएका छन् ।

आव २०७८/७९ मा उपत्यकाबाट ४ हजार १४९, कोशीमा २८४, मधेशमा ५५६, बागमतीमा ८७, गण्डकीमा १७५, लुम्बिनीमा १३८, कर्णालीमा ५, सुदूरपश्चिममा २ वटा मुद्दा दायर भएका छन् ।

आव २०७७/७८ मा उपत्यकामा १ हजार ९४७, कोशी ८०, मधेश १५४, बागमती २८, गण्डकी १०१, लुम्बिनी ४८, कर्णालीमा १ र सुदूरपश्चिममा १ वटा मुद्दा दायर भएका छन् ।

यस्तै आव २०७६/७७ मा उपत्यका २ हजार ९१०, कोशी ६८, मधेश १२९, बागमती ७५, गण्डकी ९८, लुम्बिनी २३, कर्णाली १ र सुदूरपश्चिमबाट १ वटा मुद्दा दायर भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार