काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी टेलनेट इन्टरनेट प्रालि (पोखरा) को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।
लाइसेन्स नवीकरणका लागि तोकिएको समायवधिभित्र निवेदन पेस नगरेपछि टेलनेटको लाइसेन्स स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले फागुन १ गतेदेखि लाइसेन्स रद्द भएको बताएको छ ।
प्राधिकरणले उक्त कम्पनीलाई तिर्न बुझाउन रकमसहित ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन समेत दिएको छ ।