काठमाडौं । आज (बिहीबार) प्रतिनिधि सभाअन्तर्गत ४ वटा संसदीय समितिको बैठक बस्न लागेको छ ।
आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैंठक बस्दै छ ।
यस्तै आजका लागि तय भएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक स्थगित भएको छ ।
अर्थ समितिको ५७ औँ बैठक ११ बजे बस्दै छ । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
११ बजे सुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय ,नेपाल राष्ट्र बैंक र उधोग मन्त्रालयका प्रतिनिधिसंग छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक १ बजे सुरु हुनेछ । समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०ू माथि दफावार छलफल हुनेछ ।
पूर्वाधार विकास समितिमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यक्रम रहेको छ ।