लगानीयोग्य रकम मुद्दती खातामा राख्दै सेबोन, खोज्यो बैंक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफूसँग भएको लगानीयोग्य रकम मुद्दती खातामा राख्ने भएको छ ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै सेबोनले बोर्डको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने भएको बताएको छ ।

जसअनुसार सेबोनले इच्छुक ‘क’ वर्गका बैंकहरुलाई आफूले दिन सक्ने १ वर्षे व्याजदर सहित पाँच दिनभित्र योग्यता खुल्ने आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । सेबोनले फागुन १३ गतेसम्म कार्यालय समयभन्दा एक घण्टा अगाडि “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ बमोजिम योग्यता खुल्ने आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।

प्राप्त सिलबन्दी प्रस्तावहरू सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिनको अपरान्ह ५ः०५ बजे बोर्डको कार्यालय, खुमलटार ललितपुरमा खोलिने सेबोनले जनाएको । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डले गर्नेछ ।

बोर्डको लगानी सम्बन्धी नीति तथा सिलबन्दी फाराम बोर्डको वेबसाइटमा राखिएको र थप जानकारीका लागि बोर्डको लेखा तथा वित्त शाखामा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार