CLI

अपर हेवाखोलो हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निश्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको थियो । यो सँगै हाल कायम चुक्तापुँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ । सोहि रकम बराबरको हकप्रद शेयर नयाँ आयोजनामा लगानी र पुरानो आयोजनका लागि लिएको कर्जा घटाउने प्रयोजनका लागि निष्कास गर्ने निर्णय कम्पनीले लिएको हो ।

कम्पनीकाले मातृभूमि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालिले विकास गरेको १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने तथा ८.५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत आयोजनाको निर्माण गर्दा लिएको ऋण घटाउने योजना बमोजिम हकप्रद शेयर निष्कासनको प्रस्ताव अघि सारेको हो ।

प्रस्तावित हकप्रद शेयर विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएमा नेपाल धितोपत्र बोर्डमार्फत् प्रक्रिया अघि बढ्ने । सो सँगै कम्पनीको वार्षिक साधारण सभाले समेत उक्त प्रस्ताव पारित गर्नुपर्नेछ ।

Leave Your Comment

Related News