विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले एक साथ ५ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २८ गते बुधबार साधारणसभा बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको साधारणसभा बोलाएको हो । साधारणसभामा १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण ( वासलात, आय विवरण नगद प्रवाह विवरण) तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने ।

४. १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने ।

५. सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिने ।

६. आर्थिक वर्ष २०८० /०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।

७. शेयरधनीका तर्फवाट सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा अनुमोदन गर्ने र सर्वसाधरण शेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार