मुलुकको निर्यात व्यापारमा ४६ प्रतिशतको वृद्धिदर

काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापारमा ४६ प्रतिशतको वृद्धिदर देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १ खर्ब २७ अर्ब २० करोडको निर्यात व्यापार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड बराबरको निर्यात व्यापार रहेको थियो ।

निर्यात व्यापार बढ्नुमा भने निर्यातजन्य सामग्री भटमासको तेल, सूर्यमूखी तेल, गलैंचा अलैंची लगायतका सामग्रीहरु उच्च निर्यात कारक रहेको छ । चालु आर्थिक वर्षको सात महिनामा भटमासको तेल ३२ अर्ब ४१ करोड ६१ लाख, सूर्यमूखी तेल ६ अर्ब ५७ करोड ६७ लाख, गलैंचा ६ अर्ब ४६ करोड ८६ लाख, अलैंची ५ अर्ब ३९ करोड ७६ लाख र चिया ३ अर्ब १८ करोड ३२ लाख बराबरको निर्यात भएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा आयात ९ खर्ब ८८ अर्ब ५८ करोड रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा आयात ८ खर्ब ९७ अर्ब ९४ करोड रहेको थियो ।

समिक्षा अवधिमा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको सात महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड व्यापार घाटा रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ८ खर्ब ११ अर्ब ११ करोड रहेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार