२७०० माथि नै शेयर बजार, ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताभर बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने शेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९० अंकले घटेर ४५७.९८ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.१४ अंकले बढ्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५९ अंकले घटेको छ ।

बिहीबार ३०९ वटा कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब ८० करोड ९३ लाखले कमी हो । मंगलबार ३१४ वटा कम्पनीको १ करोड ८२ लाख ३० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार पुगेको थियो । साथै मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ५४ अर्ब ८१ करोड ५१ लाख रह्यो ।

बिहीबार ८१ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा समूह परिसूचक बढ्दा बाँकी ९ वटा घटेको छ । जीवन बमिा ३२५, निर्जीवन बीमा ८३, व्यापार १६१ र अन्य समूह १३ अंकले बढ्दा बैकिङ ८, विकास बैंक ३०, वित्त ५, होटल र पर्यटन २१, जलविद्युत २९, लगानी ०.४१, उत्पादन र प्रशोधन ५७, लघुवित्त १६ र म्युअुचल फण्ड ०.०८ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, सीइीडीबी होल्डङिस लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र नारायणी विकास बैंक रहेको छ । नेपाल रिइन्स्यारेन्स कम्पनीको ६५ करोड ६६ लाख, हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख, सीइीडीबी होल्डङिस लिमिटेडको ३६ करोड ४९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २२ करोड ६ लाख र नारायणी विकास बैंकको १९ करोड २४ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार