बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लिले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।

टीयूभी नर्डले यी प्रमाणपत्र दिएको हो जसले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई देखाउँछ ।

बर्जर नेपालका कन्ट्री मेनेजरले आफ्नो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व महसुस गरेको बताए ।

यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल)ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार