काठमाडौं । दुई दर्जन बढी रहेको व्यापारिक नाकाहरुमध्ये सबैभन्दा बढी आयात निर्यात हुने व्यापारिक नाका विरगञ्ज रहेको छ । नेपाल र तेस्रो मुलुकबीच हुन दुईपक्षीय व्यापारका लागि २८ वटा व्यापारिक नाकाहरु प्रयोग हुदै आए पनि सबैभन्दा बढी प्रयोगमा रहने व्यापारिक नाकाहरु विरगञ्ज, विराटनगर, भैरहवा लगायतका रहेका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा विरगञ्ज नाकाबाट ३ खर्ब ३४ अर्बको आयात र ४० अर्बको निर्यात भएको छ । साथै भैरहवाबाट १ खर्ब ४४ अर्बको आयात र ९ अर्ब ६५ करोडको निर्यात, विराटनगरबाट १ खर्ब १२ अर्बको आयात र ३० अर्ब ८३ करोडको निर्यात भएको छ । अधिकांश व्यापारिक नाकाहरु स्थलमार्ग अर्थात् सडकमार्ग रहेको छ । भूपरिवेष्ठित मुलुकका कारण जलमार्ग नहुदाँ व्यापारको लागि स्थलमार्ग प्रयोग गर्नुपर्ने वाध्यता रहेको उद्योगी तथा व्यवसायीहरु बताउँछन् । जलमार्ग सामग्री ढुवानीको लागि सबैभन्दा सस्तो मार्ग भए पनि हामीकहाँ अभाव हुदाँ सडकबाट सामग्री ढुवानी गर्नुपर्ने वाध्यता रहेको छ जसले गर्दा लागत बढ्ने उद्योगी तथा व्यवसायीहरु बताउँछन् ।
कुन नाकाबाट कति आयात/ निर्यात भए हेर्नुहोस्