काठमाडौं । फोर नेसन्स उमनस इन्टरनेसनल च्याम्पियनसिपको चौथो खेलमा आयोजक नेपाल र लेबनान खेल्दै छन् । काठमाडौं स्थित दशरथ रंगशालामा साँझा ६ बजे नेपाल र लेबनान बीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा नेपाली महिला टोलीले कीर्गिस्तानलाई १–० गोल अन्तरले हराएको थियो । लेबनान भने म्यानमारसँग १–३ गोल अन्तरले पराजित भएको थियो ।
यस अघि गत वर्ष साउदी अरबमा आयोजित वाफ च्याम्पियनसिपको सेमिफाइनलमा लेबनान नेपालसँग १ का विरुद्ध २ गोलले पराजित भएको थियो ।
पहिलो खेलमा कमजोर कीर्गिस्तानसँग साघुरो जित निकालेकाले फाइनलमा यात्रा सुरक्षित गर्न नेपाललाई जितको खाँचो छ । भने लगातार दुई खेलमा हार व्यहोरेमा लेबनानको फाइनल पुग्ने सम्भावना सकिने छ ।