धितोपत्र बजारमा सहभागीहरुको लागि वित्तीय कारबाही मार्गदर्शन जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र बजार सहभागीहरुका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ । सेबोनले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको हो ।

मार्गदर्शनमा भएका मुख्य व्यवस्थाहरु

  • नेपाल सरकार, गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको United Nation Sanctions List मा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीहरूले कारोबारको तथ्याङ्क (डेटाबेस) मा भए वा नभएको नियमित रुपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने ।
  • उक्त तथ्याङ्क (डेटाबेस) को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने ।
  • धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने ।
  • आतङ्ककारी कार्य वा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित  शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने ।
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार