काठमाडौँ । नेपाल टेलिकममा विभिन्न ६९ पदका लागि जागिर खुलेको छ । टेलिकमले शुक्रबार सूचना सार्वजनिक गर्दै अधिकृत स्तरको पददेखि, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन),टेलिकम इन्जिनियर (कम्प्युटर), टेलिकम इन्जिनियर (इलेक्ट्रिकल), इन्जिनियर (सिभिल), इन्जिनियर (आर्किटेक्ट), सहायक प्रशासकीय अधिकृत, सहायक व्यापार अधिकृत, सहायक लेखा अधिकृत, ओभरसियर, सहायक, टेलिकम टेक्निसियन र जुनियर टेक्निसियन पदमा जागिर खुलाएको हो ।
योग्यता पुगेका, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्ने टेलिकमले जनाएको छ ।
आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र (आवश्यक हुने पदका लागि मात्र), समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरू अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको वेबसाइटमा गइ दरखास्त दिनुपर्नेछ।
सेवा वा सङ्गठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष सेवा गरेको अनुभव हुनुपर्नेछ। तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको उम्मेदवारको हकमा सो अनुभवमा दुई वर्ष कम भए पनि उम्मेदवार हुन सक्नेछ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट टेलिकम्युनिकेशन्स एण्ड कम्युनिकेशन वा रेडियो वा इलेक्ट्रिकल एण्ड कम्युनिकेशन्स वा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स वा सूचना प्रविधि, कम्प्युटर सफ्टवेयर वा कम्प्युटर हार्डवेयर इन्जिनियरिङ वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ (कम्युनिकेशन, इलेक्ट्रोनिक्स, कम्प्युटर, रेडियो मध्ये कुनै एक विषयमा) स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको, टेलिकम इन्जिनियर (कम्प्युटर) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान सूचना प्रविधि, सूचना सञ्चार, कम्प्युटर सफ्टवेयर, कम्प्युटर हार्डवेयरवा कम्प्युटर इन्जिनियरिङ वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको, टेलिकम इन्जिनियर (इलेक्ट्रिकल) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल वा इलेक्ट्रिकल एण्ड कम्युनिकेशन्स वा इलेक्ट्रिकल इन्जिनियरिङ वा सो सरहको विषयहरू मध्ये कुनै एक विषय लिई स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको, इन्जिनियर (सिभिल) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी इन्जिनियर (आर्किटेक्ट) पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्चर इन्जिनियरिङ विषयमा स्नातक उपाधि हासिल गरी प्रचलित कानून बमोजिम नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको, सहायक प्रशासकीय अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको, सहायक व्यापार अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित वा तथ्यांकशास्त्र मध्ये कुनै एक मूल विषय लिई स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, सहायक लेखा अधिकृत पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, ओभरसियर पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ वा आर्किटेक्ट वा सर्वे इन्जनियरिङमा प्रमाणपत्र तह वा डिप्लोमा इन्जिनियरिङ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ ।
सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईईमा कम्तीमा जीपीए दुई प्राप्त वा एसएलसी वा सो सरह उत्तीर्ण गरेको, टेलिकम टेक्निसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार तालिम केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर, स्विचिङ वा टेलिकम टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सीप परीक्षण केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर, स्विचिङ विषयमा तह २ को सीप परीक्षण उत्तीर्ण भएको र जुनियर टेक्निसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा उत्तीर्ण गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार तालिम केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर, स्विचिङ वा जुनियर टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सीप परीक्षण केन्द्रबाट ट्रान्समिशन, आउटसाइड, पावर, स्विचिङ विषयमा तह १ को सीप परीक्षण उत्तीर्ण भएको हुनुपर्ने बताइएको छ ।
उमेरको हद दरखास्त दिने अन्तिम मिति सम्ममा सहायक स्तरको पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, तह ६ देखि तह ७ सम्मको अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ८ र तह २ को अधिकृत स्तरको पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । साथै सबै पदका लागि महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्नेछ। उक्त प्रयोजनका लागि उमेरको गणना गर्दा दरखास्त बुझाउने अन्तिम मिति (सूचना प्रकाशित मितिले २१ दिनको म्याद) लाई आधार मानिनेछ । दोब्बर दस्तुर बुझाई दरखास्त दिन पाउने अवधिलाई गणना गरिनेछैन नेपाल दूरसञ्चार कम्पनीको बहालवाला स्थायी कर्मचारीलाई उमेरको हद लाग्नेछैन । परीक्षाको किसिममा लिखित, अन्तवांतां (प्राविधिक सेवा तर्फ तह र तह ३ का लागि प्रयोगात्मक परिक्षा समेत हुनेछ ।
दरखास्त भर्ने अन्तिम मिति २०८१/११/२९ सम्म र दोब्बर दस्तुर तिरी २००८१/१२/०७ सम्म रहेको छ ।