काठमाडौं । गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी पियोर इनर्जीले फागुन २० देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले गएको शुक्रबार आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो ।
कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्न लागेकोमा पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि शेयर जारी गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि प्रतिकित्ता सयका दरले आवेदन दिनुपर्नेछ।
कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ ।