नेपाल प्रहरीमा ३९३ जनाका लागि जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा जागिर खुलेको छ । प्रहरीले शुक्रबार सूचना सार्वजनिक गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना गरी जम्मा ३९३ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन भर्ती व्यवस्थापन प्रणाली (ओआरएमएस) मार्फत अनलाइन दरखास्त दिनुपर्नेछ ।

सूचना

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार