काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २८.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार बसेको ११५ औँ सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी तीन अर्ब त्रियानब्बे करोड पचहत्तर लाख रुपैयाँ २६.९८ प्रतिशत अर्थात् एक अर्ब छ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.४२ प्रतिशतका दरले हुन आउने रकम पाँच करोड ५९ लाख २१ हजार पैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको ११५ औँ सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा कम्पनीको आगामी आठौं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने जानकारी संस्थाले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।
सिटिजन्स लाइफले २८.४ प्रतिशत लाभांश वितरण गर्ने
