काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रति तोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ थियो ।