साम्बाको गोलमा नेपाल फाइनलमा

काठमाडौं ।  फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलमा नेपाल पुगेको छ । काठमाडौं स्थित दशरथ रंगशालामा लेबनानलाई एकका विरुद्ध शुन्य गोलले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

नेपाललाई जित दिलाउन सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमा अन्तिम मिनेटमा गोल गरेकी हुन् । खेलमा थप गोल हुन सकेन र साम्बाको सोही गोल नेपालको जितका लागि पर्याप्त भयो ।

नेपालको यो जितसँगै म्यानमार पनि फाइनल पुगेको छ । समान दुई खेलमा नेपाल र म्यानमार दुई जित हासिल गर्दै फाइनल पुगेका हुन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार