दिपलको नयाँ ‘स्टेट अफ आर्ट सोरुम’ पोखरामा, पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ स्टेट-अफ-आर्ट सोरुम उद्घाटन गरेको छ। गण्डकी क्षेत्रका ग्राहकलाई नवीनतम विद्युतीय सवारीको प्रत्यक्ष अनुभव दिन कम्पनीले सोरुम सञ्चालनमा ल्याएको हो।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नाडा अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रूपमा उद्घाटन गरे। सोही अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ को क्षेत्रीय लन्च समेत गरिएको थियो।

पोखरामा नयाँ सोरुमको उद्घाटनसँगै शनिबारदेखि पाँच दिनसम्म ‘टेस्ट ड्राइभ द फ्युचर’ क्याम्प सुरु गरिएको छ। यो अवधिमा गण्डकी क्षेत्रका ग्राहकले दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

कम्पनीले टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकहरूलाई फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर, आकर्षक क्यास डिस्काउन्ट, पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस समेत दिने घोषणा गरेको छ। टेस्ट ड्राइभ गर्ने सबै ग्राहकलाई दिपलको विशेष उपहार प्रदान गरिनेछ।

गण्डकी प्रदेश मन्त्री बिन्दु कुमार थापाले अटोमोबाइल उद्योगमा सेल्स, सर्भिस र स्पेयर्सको उपलब्धता अपरिहार्य हुने बताएका छन्। उनले स्पेयर पार्ट्सको मूल्य र पहुँच उपभोक्ताका लागि महत्वपूर्ण पक्ष भएको उल्लेख गरे।

नाडा अध्यक्ष करण चौधरीले नेपालमा विद्युतीकरणले तीव्रता लिएको बताउँदै हाल नेपालमा आयात हुने कुल गाडीमध्ये ७२ प्रतिशत इभी भइसकेको जानकारी दिए।

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट स्पिकर, आउटडोर स्पिकर लगायत १५ भन्दा बढी अत्याधुनिक फिचर रहेका छन्। नेपाली बजारमा ७०० भन्दा बढी दिपल इभी बिक्री भइसकेको कम्पनीले जनाएको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार