३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ। प्रतिऋणपत्रको अंकित मूल्य १००० रुपैयाँ हुनेछ । कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्ने योजना रहेको बैंकले जनाएको छ ।

ऋणपत्रमा फागुन १८ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समायवधिभित्र ऋणपत्रमा आवेदन नपरेमा चैत ३ गतेसम्म म्याद थपिने छ ।

यस ऋणपत्रको ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत लगानीकर्ताहरूका लागि बिक्री गरिनेछ, जबकि बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइनेछ। ऋणपत्रको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषको लागि विशेष रूपमा राखिएको छ।

१० वर्षे अवधि र वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको आवेदन दिन सक्नेछन्।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार