आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (फागुन ११ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयरको आईपीओ निष्काशन गरेको हो । अधिकतम १ लाख कित्तासम्म यही फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीले यसअघि १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली्, ६७ हजार ५०० कित्ता कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई शेयर निष्काशन गरेको थियो।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, भरतपुर, चितवनमा मुख्य कार्यालय राखेर बीमा सम्बन्धी कार्य गरिरहेको छ । प्राथमिक शेयर आइपिओको लागि कम्पनीको बिक्रि प्रवन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौंबाट मिति २०८१ भदौ ६ मा “CARE – NP BB – ( Is ) ” प्रमाणपत्र प्राप्त गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार