CLI

म्यानमारसँग पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । नेपाल र म्यानमार फोर नेशन्स वुमेन्स इन्टरनेशनल च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा आमनेसामने हुँदैछन्। दुवै टोलीले यसअघि खेलेका दुई खेलमा शतप्रतिशत जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

फाइनल खेलअघि रणनीति मजबुत बनाउन यो खेल दुवै टिमका लागि महत्वपूर्ण रहनेछ। नेपालले कीर्गिस्तान र लेबनानलाई समान १-० गोल अन्तरले पराजित गरेको थियो। म्यानमारले भने कीर्गिस्तानलाई ३-१ तथा लेबनानलाई ५-० को फराकिलो अन्तरले हराएको छ।

नेपाल र म्यानमार महिला फुटबल टोलीबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ, जहाँ नेपालले जित हात पार्न सकेको छैन। म्यानमारसँग दुई खेलमा पराजित हुँदा एक खेल बराबरीमा टुंगिएको थियो। नेपाल म्यानमारसँग ३-० र ३-१ गोल अन्तरले पराजित भइसकेको छ, भने एक खेल १-१ को बराबरीमा सकिएको थियो।

यस खेलमा नेपालले आफ्नो विगतको प्रदर्शन सुधार्दै म्यानमारविरुद्ध पहिलो जितको खोजी गर्नेछ।

Leave Your Comment

Related News