पाँचथर पावर कम्पनीको साधारण सभा सम्पन्न, आयोजना पुनः निर्माणको लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षण प्रतिवेदन पेश गर्ने ,लेखापरिक्षको नियुक्ति र हकप्रद शेयर निष्कासन लगायतका निर्णयहरु गरेको छ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनगर्ने सम्बन्धमा विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिई (विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेश गरि प्रकृयामा रहेको ) हकप्रद शेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग गर्नेछ ।

कम्पनीले आयोजनालाई बाढीले क्षति पुर्याएको र पुन निर्माण को लागि बैंकबाट थप कर्जा लिएर निर्माण कार्य भईरहेको र बैंकबाट लिएको कर्जा भुक्तानीको लागि कम्पनीको हाल कायम चुक्ता पूँजी ९६ लाख २५ हजार थानको १०० रुपैयाँ दरको ९६ करोड २५ लाखको १ः १ अनुपातमा ९६ लाख २५ हजार थानको १०० रुपैयाँ दरको ९६ करोड २५ लाख मुल्य बराबरको हकप्रद शेयर जारी गरी त्यसलाई परिचालत गर्ने भएको छ । सभाले विद्युत नियमन आयोगबाट स्वीकृति लिई (विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेश गरि प्रकृयामा रहेको) हकप्रद शेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकम बैक कर्जा भुक्तानी तथा आयोजनाको पुन निर्माणमा लाग्ने खर्च गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गरी गर्ने निर्णय भएकोले हाल कम्पनीमा कायम रहेको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गरि कम्पनीको अधिकृत जारी र चुक्ता पूँजी १ अर्ब ९२ करोड ५० लाख हुनेछ । सो पुँजीलाई प्रति शेयर १०० दरका १ करोड ९२ लाख ५० हजार शेयरमा विभाजन गरिने छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार