१६ अर्ब ८१ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत

काठमाडौं ।धितोपत्र बजारमा सूचीकृत कम्पनीको संख्या र रकममा वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका अनुसार पुसमसान्तसम्म धितोपत्र बजारमा सूचीकृत भएका कम्पनीहरुको संख्या २६७ वटा पुगेको छ । सो अवधिमा १६ अर्ब ८१ करोड मूल्य बरारबको थप धितोपत्र सूचीकृत भएका छन् ।

साथै नेपाल स्टक एक्सचेन्ज नेप्से सूचाङ्क २०८१ असारमसान्तको २२४०.४१ विन्दुबाट बढेर पुसमसान्तसम्म २५९४.१३ विन्दुमा पुगेको छ । पुुसमसान्तसम्म बजार पुँजीकरण रकम ४३ अर्ब २ अर्ब ८८ करोड रहेकोमा बिहीबारसम्म ४५ खर्ब ५४ अर्ब ८१ञ् करोड बजार पुँजीकरण रकम पुगेको छ । पछिल्लो दिनहरुमा नेप्से भने २७०० नजिक रहेको पाइन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार