एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा: बोनस डेटा, टक टाइमका साथै उपहार जित्न सकिने

काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरुका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरु किन्दा ग्राहकहरुले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।

आज आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म संचालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरुमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् । यसरी छानिएका प्याकहरुमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकहरुका प्याक अनुसार ग्राहकहरुले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रुपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

सुरुवातमा एनसेल एपको विषेश अफरका रुपमा संचालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरुलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकहरुले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरुका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा संचालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

Product Name Resources Price after Tax Validity Offers
MIN​ SMS​ GB​ GB/Voice
Sadhain ON 599 599​ 59​ 20 599 28D 5GB
599 Home away     42 599 28D 5 GB
799 Home Away     65 749 28D 7GB
Sadhain ON 799 UL​ 79​ 30 799 28D 5 GB
Sadhain ON 999 UL​ 99​ 50 999 28D 8GB
Sadhain ON 1499 UL​ 149 100 1499 28D 10GB
999 Unlimited     UL 999 28D 100 Onnet
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार