सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा  छुट पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहकले सुर्खेत विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबिच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई होटलको सेवामा छुट दिने सम्झौता भएको हो  ।

जसमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको डेविड कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । यस्तै, बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ ।

छुट सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आज फागुन ११ गते हस्ताक्षर गरेका हुन् । यो सम्झौताको अबधि दुई बर्ष तोकिएको छ  ।

साग्रिला डेभलपमेन्ट बैंक हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैङ्किङ सेवा प्रवाह गर्दै आएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार