बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको सञ्चालन

काठमाडौं । आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा पद्म ज्योति ग्रुप नेपालले लिएको हो  । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को महत्वपूर्ण कदम चाल्ने  कम्पनीले बिस्वास लिएको छ  ।

सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू बिक्रि बितरण गर्नेछ । उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरेर गरिएको थियो  ।

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार