काठमाडौँ । लक्ष्मी स्टिल्स लिमिटेडले २० लाख कित्ता जगेडा शेयर बिक्रीमा राखेको छ । गएको माघ २८ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले फागुन १२ गतेदेखि उक्त शेयर बिक्रीमा ल्याएको हो ।
शेयर प्रतिकित्ता २६५ रुपैयाँमा किन्न सकिनेछ ।
इच्छुक आवेदकले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तीनकुनेमा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाललाई संस्थापक शेयरधनीले मात्रै उक्त शेयरका लागि आवेदन खुलाएकोमा तोकिएको अवधिभित्र शेयर बिक्री नभएमा सर्वसाधारणका लागि आवेदन खुला गरिनेछ ।