टाटाको कर्भ ईभी सार्वजनिक

काठमाडौं । टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कर्भको टप भेरियन्ट सार्वजनिक गरेको हो ।

नेपालमा टप भेरियन्ट कर्भको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

टाटा कर्भ ईभी दुई ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक रियन्टले ४३० किमी रेन्ज र २१५ एनएम टर्क प्रदान गर्छ ।

५५ किलोवाट आवर ब्याट्री भेरियन्टले ५०२ किमी रेन्ज प्रदान गर्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ । यस कारले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भारतमा कर्भ ईभीको पाँच भेरियन्ट उपलब्ध छ ।

टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

एलईडी लाइटिङ, टच(बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ । कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।

अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार