नेप्सेमा १ करोड ५० लाख कित्ता बानेश शेयर सूचीकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा पछिल्लो समय ५ वटा कम्पनीको करिब साढे १ करोड बरारबर बोनश शेयर सूचीकृत भएको छ । नेप्सका अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्ट्रलरी लिमिटेड, शिवम सिमन्टे लिमिटेड, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कृषि विकास बैंक गरी ५ वटा संस्थाको १ करोड ५० लाख ७३ हजार ७०२ कित्ता संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबार डिप्रोक्स र हिमालयन डिष्ट्रलरीको बोनस शेयर सूचीकृत भए सँगै सूचीकृत शेयर संख्यामा वृद्धिदर देखिएको हो ।

डिप्रोस्कको १६ लाख २० हजार ८८७, हिमालयन डिष्ट्रलरीको ४० लाख ८ हजार ७८४ दशमलव ९७ र शिवम सिमेन्टको ४२ लाख ९८ हजार ८५ बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । साथै फस्र्ट माइक्रोफाइनान्सको ११ लाख १० हजार ४४४ दशमलव २१ कित्ता र कृषि विकास बैंकको ४० लाख ३५ हजार ५०२ दशमलव २२३४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार