काठमाडौं । आइतबार ११.६६ अंकले बढेको शेयर बजार सोमबार सामान्य अंकले बढेको छ ।
सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले बढेर ४५९.२५ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०८ अंकले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने स्थिर रहेको छ । यो सँगै नेप्से निरन्तर छ दिन बढेको छ ।
सोमबार ३१० वटा कम्पनीको २ करोड ११ लाख १० हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार पुगेको छ । जुन आइतबारको तुलनामा ४६ करोड २८ लाख ७३ हजारले कम हो । आइतबार ३२८ वटा कम्पनीको २ करोड १२ लाख ६ हजार कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार पुगेको थियो । बिहीबार भने ३०९ वटा कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर कारोबार हँुदा कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार पुगेको थियो ।
सोमबार ९० वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन ४ वटा समूह परिसूचक बढ्दा बाँकी ९ वटा घटेको छ । बैंकिङ १, लगानी १, उत्पादन र प्रशोधन ७० र अन्य समूह ५८ अंकले बढ्दा विकास बैंक ५, वित्त ३५, होटल र पर्यटन ५९, जलविद्युत ६, जीवन बीमा १२८, लघुवित्त ३३, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा ९७ र व्यापार ११ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्यारेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, घलेम्दी हाइड्रो र सीइीडीबी होल्डङिस लिमिटेड रह्यो । हिमालयन रिइन्स्योरेन्सको ८९ करोड ३५ लाख, नेपाल रिइन्स्यारेन्स कम्पनीको ८० करोड ६७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४४ करोड ९४ लाख, घलेम्दी हाइड्रोको ३८ करोड ९७ लाख र सीइीडीबी होल्डङिस लिमिटेडको ३१ करोड ३३ लाख बराबर कारोबार भयो ।