CLI

करिब ८ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको माघमसान्तसम्म (७ महिना) को अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब रुपैयाँ बढीको बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आवको माघसम्मको १४ वटा निर्जीवन बीमकले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो सँगै गत आवको सोहि अवधिको तुलनामा कम्पनीहरुको व्यापार ७.८० प्रतिशतले बढेको छ । गत आवको माघमसान्तसम्म कम्पनीहरुले १६ लाख ७१ हजार १०६ वटा बीमालेख जारी गर्दै २२ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थिए ।

समिक्षा अवधिमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार गरेको छ भने व्यापार वृद्धिको हिसाबले नेपाल इन्स्योरेन्स अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ८.१६ प्रतिशतले बढेको छ।

शिखर इन्स्यारेन्सको व्यापार सबैभन्दा बढी गर्दा त्यसपछि क्रमशः सगरमाथा लुम्बिनी , सिद्धार्थ प्रिमियर , आईजीआई प्रुडेन्सियल लगायतका कम्पनीहरु रहेको छ । माघसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको माघसम्म २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधसिम्म कम्पनीले २ अर्ब ६७ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ९.९३ प्रतिशतले बढेको छ।

माघसम्म सिद्धार्थ प्रिमियर कम्पनीले २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.८२ प्रतिशतले बढेको छ।

यसैगरीे माघसम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड २ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५२५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा आईजीआई प्रुडेन्सियलको ४.५० प्रतिशत, नेकोको ४.०६ प्रतिशत, हिमालयन एभरेष्टको २.८४ प्रतिशत, एनएलजीको १२.९२ प्रतिशत र ओरिएन्टलको ४३.६८ प्रतिशतले व्यापार बढेको छ ।

माघसम्म युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड १४ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा समीक्षा अवधिमा युनाइटेड अजोडको व्यापार ७.९९ प्रतिशतले घट्दा सानिमा जीआईसीको २.६७ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४४.१६ प्रतिशतले बढेको छ ।

माघसम्म प्रभु इन्स्योरेन्सले १ अर्ब ३ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ९४ करोड ५ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सको व्यापार ४.९९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ३.३८ प्रतिशत र नेसनल इन्स्योरेन्सको ०.१५ प्रतिशतले घटेको छ ।

Leave Your Comment

Related News