युरो र पाउन्डको मूल्य बढ्दा अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढ्दा अमेरिकी डलरको भाउ भने घटेको छ ।

आज युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको थियो ।

यसैगरी हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६४ पैसा रहेकोमा आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।

यसदिन अमेरिकी डलरको मूल्य भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रुपैयाँ २ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५ पैसा थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार