काठमाडौं । आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । सुन प्रति तोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँ थियो ।