सानिमा रिलायन्स लाइफले प्रस्ताव गर्यो ९.२५ प्रतिशत लाभांश

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फागुन १२ गते अपरान्ह बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ दशमलव २५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रुपैयाँ छ । ६ करोड १९ लाख १३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको बोनसपछि चुक्तापूँजी ५ अर्ब १ करोड ४९ लाख ७८ हजार रुपैयाँ कायम हुनेछ ।

बोनस पछि नेपाल बीमा प्राधिकरणले तोके बमोजिम ५ अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउन यो कम्पनी सफल हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १८ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार