हिमालयन एभरेष्ट र आईएमई लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज फागुन १३ गते हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ आज फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हिमालयन एभरेष्टले फागुन २७ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रहेको छ।

यसैगरी, आईएमई लाइफले फागुन २५ गते साधारणसभा बोलाएको छ । कम्पनीले चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार