कालिञ्चोक दर्शनले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासन गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण शिवाकोटीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको प्रतिशेयर १०० रुपैयाँको दरमा ६० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती दिएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
कालिञ्चोक दर्शन लिमिटेडले कालिञ्चोक गाँउपालिका, वडा नं. १, कुरी दोलखामा केबुलकार सञ्चालन गरिरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार